३१ बैशाख २०७९, शनिबार

डोटी । डोटीका नौवटै स्थानीय तहमा मतगणना सुरु भएको छ । विभिन्न विषयमा विवाद भएपछि यहाँको केआईसिंह, सायल गाउँपालिका तथा शिखर नगरपालिकामा र दिपायल सिलगढी नगरपालिकामा मतगणना सुरु हुन सकेको थिएन ।

अन्य गाउँपालिकाहरू जोरायल, आदर्श, बडिकेदार, बोगटान फुड्सिल र पूर्वीचौकी गाउँपालिकामा भने गए रातिदेखि मतगणना सुरु भएको थियो ।

डोटीको दिपायल सिलगढी नगरपालिकामा सर्वदलीय सहमति बिना नै मुख्य निर्वाचन अधिकृतले मत पेटिका खोलेको भन्दै विवाद भएपछि बिहानदेखि मत गणना सुरु हुन सकेको थिएन ।

विवाद समाधान भएपछि अहिले ७ः३० बजेदेखि जिल्लाका दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौवटै स्थानीय तहमा मतगणनाको कार्य सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पाँचवटा पालिकामा गएरातिदेखि मतगणनाको कार्य सुरु भएको थियो, चारवटामा विवाद भएका कारण मतगणना हुन सकेको थिएन अहिले विवाद समाधान भएपछि मतगणनाको कार्य सञ्चालन भएको छ ।”

जिल्लामा एक लाख २३ हजार ५५४ मतदाता रहेकामा ७८ हजार २४९ ९६४ दशमलव ३३ प्रतिशत० मतदान भएको बताइएको छ ।

जिल्लामा मत गणना सुरु भएसँगै नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV