३१ बैशाख २०७९, शनिबार

सोलुखुम्बु । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का असिम राईले अग्रता कायमै राखेका छन् । ताजा मत परिणाम अनुसार २६१४ मत गन्दा माओवादीका राईले एक हजार ७१ मतका साथ अग्रतालाई निरन्तरता दिएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसले ९८० मत र नेकपा (एमाले)ले ३७५ मत प्राप्त गरेका छन् । त्यस्तै उप प्रमुखमा पनि माओवादी केन्द्रकै सविता राईले अग्रतालाई कायम राखेकी छन् ।

उनले ९ सय ५५ मतका साथ आफ्नो अग्रतालाई निरन्तरता दिएकी हुन् । त्यस्तै नेपाली कांग्रेसले ९ सय १३ र एमालेले ५०४ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV