३१ बैशाख २०७९, शनिबार

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । कार्कीले तीन हजार ३८४ मत पाप्त गरेकरा छन्, भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस वीपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी भएका छन् । उनले तीन हजार १३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का इन्द्र महराले एक हजार ७०३ मत पाप्त गरेका छन् । प्रधानमन्त्री देउवाले वडा नं १ को रुवाखोलाबाट मतदान गरेका थिए ।

अहिलेसम्म डडेल्धुरा जिल्लामा ११ वडाको मत परिणाम सार्वजनिक हुँदा नेपाली काँग्रेसले सात वडामा विजयी भएको छ भने एमाले एक वडामा विजयी, माओवादी केन्द्र एक, नेपाली कांग्रेस वीपी एक वडामा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV