३१ बैशाख २०७९, शनिबार

पोखरा । पोखरा महानगरपालिकाको मतगणनामा एकीकृत समाजवादीले सुरुआती अग्रता लिएको छ । जारी मतगणनामा भएको ५० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले २३ मत पाएका छन् भने नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले २२ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले २२ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का मञ्जुदेवी गुरुङले २० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV