
- केदार शर्मा,
भरतपुर । विशेष चासोका साथ हेरिएको चितवनको भरतपुर महानगरपालिमा नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले अग्रता कायमै राखेकी छन् । पछिल्लो ताजा मतपरिणाम अनुसार ७०० मत गन्दा रेणु दाहालले २७८ मतका साथ अग्रता कायम गरेकी हुन् ।
उनकी निकटतम प्रतिद्वन्द्धी नेकपा (एमाले)का विजय सुवेदीले २५८ मत प्राप्त गरेका छन्, भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९४ मत प्राप्त गरेका छन् ।
त्यस्तै भरतपुर महानगरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३१७ मतका साथ अग्रता लिएका छन्, भने राप्रपाकी हिमला गुरुङले १९१ मत ल्याएकी छन् ।