
- केदार शर्मा
चितवन । चितवनको भरतपुर महानगरपालिकामा ४५०
मतगणना हुँदा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार र नेकपा एमालेका उम्मेदवारले बराबर मत प्राप्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाले १६७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले पनि १६७ मत नै प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले ५१ मत पाएका छन् ।
उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारी २०७ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ११७ मत पाएकी छन् ।
महानगरपालिका १ काे वडाध्यक्षतर्फ एमालेका शुक्र श्रेष्ठले १५०, कांग्रेसका केशव महर्जनले २०७ मत प्राप्त गरेका छन् ।