३१ बैशाख २०७९, शनिबार

झापा । झापाको भद्रपुर नगरपालिका वडा नम्वर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।

एमालेबाट वडा अध्यक्षमा उम्मेद्वार बनेका राम प्रसाद अधिकारी विजयी भएका हुन् । उनीसँगै एमालेका सबै सदस्य निर्वाचित बनेका हुन् ।

निर्वाचित हुने वडासदस्यहरुमा टीका प्रसाद भण्डारी र दिल बहादुर लिम्बू रहेका छन् । त्यस्तै महिला सदस्यमा सीता कुमारी गुरुङ र दलित महिला सदस्यमा अम्विका विश्वकर्मा निर्वाचित भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV