३१ बैशाख २०७९, शनिबार
  • राम गोपाल तमखु,

भक्तपुर । भक्तपुर नगरपालिकाको प्रमुखमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आग्रता कायम राखेको छ । नेमकिपाले २ हजार ९११ मतका साथ अग्रता कायमै राखेको हो ।

त्यस्तै कांग्रेसले ३ सय ८८ मत, नेकपा (एमाले)ले २ सय ९८ मत ल्याएका छन् । यसका साथै भक्तपुर नगरपालिकाको उप प्रमुखमा पनि नेमकिपाले नै आग्रता कायम गरेको छ ।

उप प्रमुखमा नेमकिपाले २ हजार ९४२ मत प्राप्त गगर्दै अग्रता कायम गरेको हो । त्यस्तै उप प्रमुखमा कांग्रेसले २ सय २२ मत र एमालेले ३ सय २० मत ल्याएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV