३१ बैशाख २०७९, शनिबार

सोलुखुम्बु । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)का असिम राईले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार १२०० मत गन्दा माओवादीका राईले ४ सय ८२ मतका अग्रता कायमै राखेका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसले ४४१ मत र नेकपा (एमाले)ले १८३ मत ल्याएका छन् । त्यस्तै जानकारी अनुसार उप प्रमुखमा पनि माओवादी केन्द्रकै सविता राईले अग्रता कायम गरेकी छन् । उनले ४ सय २८ मतका साथ अग्रता कायम राखेकी हुन् ।

त्यस्तै नेपाली कांग्रेसले ४ सय १५ र एमालेले २ सय ३० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV