३१ बैशाख २०७९, शनिबार

पोखरा । पोखरा महानगरपालिकामा बल्ल मतगणना सुरु भएको छ । दिउँसो बसेको सर्वदलीय बैठकले २ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरे पनि ढिला गरी मतगणना सुरु भएको हो ।

अहिले पार्दीस्थित जिल्ला समन्वय समितिको भवनमा मतगणना सुरु भएको छ । दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा एक लाख ९६ हजार मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV