३१ बैशाख २०७९, शनिबार

काठमाडौं । चितवन जिल्लाको भरतपुर महानगरपालिकाको मत गणना पछिल्लो विवरण अनुसार कुल २०० मत गणना हुँदा नेकपा (एमाले)का विजय सुवेदीले ८२ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्धी नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले ६८ मत प्राप्त गरेकी छन् ।

यसका साथै नेपाली काङ्ग्रेसबाट बागी उठेका जगन्नाथ पौडेलले २५ मत प्राप्त गरेका छन् । उपमेयरमा काङ्ग्रेसका चित्रसेन अधिकारीले ५७ र राप्रपाकी हिमला गुरुङको ४५ मत आएको छ।

सच्याइएको : यसअघिको स्रोतले दिएको सामग्री भूलवश गलत भएकाले सच्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV