३१ बैशाख २०७९, शनिबार

दाङ । घोराही उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का हेमराज शर्माले सुरुआती अग्रता लिएका छन् ।

घोराहीमा ३१७ मतगणना हुँदा शर्माले १७२ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)बाट प्रमुख पदमा उम्मेदवार नरुलाला चौधरीले १४५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका भुपबहादुर डाँगीले १८० मत र नेकपा (एमाले)का उम्मेदवार हुमा डिसीले १४० मत प्राप्त गरेका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिकामा वडा नं १४, १८ र १९ को मतगणना भइरहेको छ ।

घोराही उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ अर्थात् ६७.७६ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV