३१ बैशाख २०७९, शनिबार

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मतगणना ढिला गरी सुरु भएको छ ।

वीरगगञ्ज–१४ पिपरास्थित नृसिंह माविको भवनमा दिउँसो पौने ३ बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिएका हुन् ।

शनिबार बिहान ११ बजे सर्वदलीय बैठक बसेर निर्णय भएपछि मतगणना प्रक्रिया अघि बढाउन निर्णय गरिएको थियो । तर विभिन्न राजनीतिक दलका प्रतिनिधि समयमा नआउँदा मतगणनामा ढिलाइ हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV