३१ बैशाख २०७९, शनिबार
  • अनमोल कार्की,

रौतहट । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा रौतहटका २२ वटा मतदान केन्द्रको मतदान रद्द भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार विभिन्न पक्षहरुबीच विवाद र झडप हुँदा मतदान रद्द भएको हो ।

जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ७ का दुइ मतदान केन्द्रमा मतदान रद्द भएको छ । यता बौधिमाई नगरपालिका वडा नम्बर २ का ३ वटा मतदान केन्द्र र वडा नम्बर ९ को दुई वटा मतदान केन्द्रको मतदान पनि रद्द भएको सो कार्यालयले जनाएको छ ।

यसैगरी गढीमाई नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुर स्थित खरिदी प्राथमिक विद्यालय भवनमा दुई वटा मतदान केन्द्र तथा सोही नगरपालिकाको दुईवटा मतदान केन्द्रका मतदान रद्ध भएको जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले जानकारी दिए ।

उनले रद्द भएको स्थानहरुमा पुनः मतदान गर्ने तयारीमा रहेको जनाउँदै आवश्यक मतपत्र र निर्वाचन सामाग्रीको प्रबन्ध मिलाएर नयाँ मिति घोषणा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV