३१ बैशाख २०७९, शनिबार

काठमाडौं । विराटनगर महानगरपालिकामा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नागेश कोइरालाले २६९ मतका साथ अग्रता लिएका छन् । मेयरमा कोइरालाले ७ सय मत गन्दा २६९ मतका साथ अग्रता लिएका हुन् ।

त्यस्तै नेकपा (एमाले)का सागर थापाले १८१ मतका साथ गठबन्धनका उम्मेदवार कोइरालालाई पछ्याइरहेका छन । साथमा स्वतन्त्र उम्मेदवार उमेश यादवले ७० मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा भने एमाले उम्मेदवार शिल्पा कार्कीले २३६ मतका साथ अग्रता लिएकी छन् । यता गठबन्धनको साझा उम्मेदवार अमरेन्द्र यादवले १५२ मतका साथ पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV