३१ बैशाख २०७९, शनिबार

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएसँगै खाता खोल्न सफल भएको छ ।

माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याएका छन् ।

अध्यक्षसँगै उपाध्यक्षमा पनि माओवादी केन्द्रले जित हासिल गरेको छ । माओवादीकी अमरिता बोहोराले ७५९ मत ल्याउदा उनका प्रतिद्वन्द्वी एमालेकी चन्द्रावतिथापाले ७४९ मत पाइन् ।

गाउँपालिकाको ६ वडामध्ये २ वडामा माओवादी, ३ वडामा एमाले र एक वडामा कांग्रेस विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV