३१ बैशाख २०७९, शनिबार

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं– १, मोलीको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार रुम्दालीसहितको प्यानलै विजयी भएको छ ।

नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवारी सुजन रुम्दालीलाई ४३ मतले हराउँदै रुम्दाली पुनः दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित भएका रुम्दालीले ४५७ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी सुजन रुम्दाली ४१४ मत पाउन सफल भए ।

वडाको महिला सदस्यतर्फ कांग्रेसकी गंगा श्रेष्ठ (४८०) र कल्पना श्रेष्ठ (३५७) निर्वाचित भएका छन् भने दलित महिला सदस्यतर्फ राधा दियाली (४७८) र पविमाया बिक (३९३) निर्वाचित भएका छन् । खुला सदस्यतर्फ गिते आलेमगर (४५२), टेक आले मगर (३७५), परमराज राई (४६६) र नहल बस्नेत (३७६) विजयी भएका छन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा पनि रुम्दालीले उनै प्रतिस्पर्धी सुजन रुम्दालीलाई ४२ मतले हराउँदै विजयको झण्डा फहराएका थिए । ५ वर्षपछि अर्थात २०७९ वैशाख ३० गते शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनमा अध्यक्ष रुम्दालीको टिम नै नै वडामा निर्वाचित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV