३१ बैशाख २०७९, शनिबार
  • विनय तिम्सीना,

इलाम । इलाम नगरपालिका–१ साँखेजुङको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गायत्रीराम बस्नेत विजयी भएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार भएका बस्तेतले नेकपा एमालेका अम्विका गौतमलाई १५९ मतअन्तरले हराउँदै विजयी भएका हुन् ।

बस्नेतले ११८१ मत प्राप्त गर्दा गौतमले १०२२ मत मात्र प्राप्त गरेका थिए । त्यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी डायना राई, दलित महिला सदस्यमा नेपाली कांग्रेसकी मुना देवी रसाईली, खुल्ला वडा सदस्यमा नेपाली कांग्रेसका मोहन गुरुङ र नेकपा एमालेका भिमबाहादुर राई विजयी भएका छन् ।

त्यस्तै नगर प्रमुमा नेपाली कांग्रेसका केदार थापाले ११५८ मत प्राप्त गर्दा नेकपा एमालेका धिरेन चेम्जोङले १०४१ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसकी विष्णु कुमारी दाहाल लिम्बुले ११९५ मत प्राप्त गर्दा नेकपा एमालेकी सीता देवी रिजालले १००४ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV