
चितवन । चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरू भएको छ । मुख्य निर्वाचन अधिकृत कुमारप्रसाद अधिकारीले मतगणना सुरू भएको जानकारी दिए ।
भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेबाट विजय सुवेदी मेयर उम्मेदवार छन् । कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।
यसअघिको चुनावमा भरतपुरमा माओवादीकी दाहाल विजयी भएकी थिइन् ।