३१ बैशाख २०७९, शनिबार

भैरहवा । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले अग्रता लिएका छन् । बुटवलमा ९ सय मत गणना हुँदा पाण्डे ४२२ मतसहित अग्रस्थानमा छन् ।

यहाँ प्रमुख पदमा राप्रपाका मृगेन्द्र शेरचनले पाण्डेलाई पछ्याइरहेका छन् भने एमाले उम्मेदवार बाबुराम भट्टराई तेस्रो स्थानमा छन् । यहाँ वडा नम्बर एकको मतगणना भइरहेको छ ।

शेरचनले २१५ मत ल्याउँदा एमालेका भट्टराईले १६० मत ल्याएका छन् । तर, यो वडाको वडाध्यक्षमा भने एमालेले अग्रता लिइरहेको छ।

अहिले वडा नं १ को मतगणना भइरहेको छ। वडा नं १ मा १९६८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV