३१ बैशाख २०७९, शनिबार

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–२ मा नेपाली कांग्रेसको विजय भएको छ ।

वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्धार हेमराज तुम्बाहाङफे विजयी भएका हुन् । उनले ५ सय ९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका शम्भु तुम्बाहाङफेले ४ सय ७५ मत प्राप्त गरेका छन् ।

४३ वटा वडा रहेको तेह्रथुममा अन्य वडाहरुको मतगणना धमाधम भै रहेको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV