३१ बैशाख २०७९, शनिबार
  • राम गोपाल तमखु

भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

मध्यपुर थिमिको जारी मतगणनामा वडा नं. १ को एक हजार २ सय मत गणना भएको छ । जसमध्ये नगरप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले ६३९ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेमा मदनसुन्दर श्रेष्ठले ४३३ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ४३०, नेकपा एमालेका उत्तरा नेपालले ५१० मत प्राप्त गरेका छन् ।

त्यस्तै वडाअध्यक्षमा नेपाली कांग्रेसका बाबुकाजी डंगोलले ६०३, नेकपा एमालेका कृष्णकुमार प्याथले ४३६ मत प्राप्त गरेको छ ।

महिला सदस्यमा कांग्रेसका सरस्वती खड्काले ६०६, नेकपा एमालेका राधा हुमागाईंले ४६७, दलित महिला सदस्यमा कांग्रेसका रिमा परियारले ५५५, एमालेका खुस्बु परियारले ५५५, खुल्ला सदस्यमा कांग्रेसका कान्छाराम द्धारेले ५५७, नेकपा माओवादी केन्द्रमा रमेश तामाङले ३१८, एमालेका श्याम प्रजापतिले ५५७ र सुरेश बुढाथोकीले ४७० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV