३१ बैशाख २०७९, शनिबार

झापा । झापाको दमक नगरपालिकामा नेकपा एमालले सुरुवाती अग्रता लिएको छ ।

२०० मत गन्दा मेयर पदमा नेपाली कांग्रेस, एमालेकी गीताकुमारी पौडेल अधिकारीले ९६ मत पाएकी छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाका संयुक्त उम्मेदवार रामकुमार थापाले ७६ मत प्रप्त गरेका छन् ।

उपमेयरमा भने कांग्रेस–माओवादी–राप्रपा गठबन्धनको उम्मदेवारले अग्रता लिएको छ । गठबन्धनका उम्मदेवार रेगिना भट्टराई ९० प्राप्त गरेका छन् भने एमालेका अम्वीका प्रसाद खनालले ७६ मत प्राप्त गरेका छन् ।

दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV