३१ बैशाख २०७९, शनिबार

भक्तपुर । भक्तपुर जिल्लाको सबै मत पेटिका मतगणाना स्थलमा आइपुगेको छ ।

निर्वाचन कार्यालय भक्तपुरका अनुसार भक्तपुर नगरपालिकामा ४३ हजार ३७४ मत खसेको छ । मध्यपुर थिमि नगरपालिकामा ३१ हजार ४०८ मत खसेको छ ।

सूर्यविनायक नगरपालिकामा ३५ हजार ५५१ मत खसेको छ भने चाँगुनारायण नगरापलिकामा ३३ हजार २८८ मत खसेको निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।

समग्र भक्तपुर जिल्लामा १ लाख ८९ हजार ५८४ जना मतदाता रहेकोमा १ लाख ४३ हजार ६२३ मत खसेको निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV