३१ बैशाख २०७९, शनिबार

डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापत शेरबहादुर देउवाको गृहपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसलाई यो स्थानीय तहमा असन्तुष्ट समूहले नेतृत्व गरेको कांग्रेस (बीपी)ले पछ्याइरहेको छ ।

यो स्थानीय तहमा कांग्रेसका अध्यक्ष उम्मेदवार ईन्द्रबहादुर कार्कीले पाँच सय मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटीले ४ सय ५२ मत ल्याएर अग्रता लिएकी छन् ।

कांग्रेस (बीपी)का अध्यक्ष उम्मेदवार सुरेन्द्रबहादुर मालीले २ सय ७६ मत ल्याएका छन् । उपाध्यक्षमा भने एमालेका ईन्द्रबहादुर महराले २ सय ७५ मत ल्याएर दोस्रो स्थानमा छन् । माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार चन्द्रबहादुर मल्लले १ सय ४० मत ल्याएर तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV