३१ बैशाख २०७९, शनिबार

गोरखा । गोरखाको पालुङटार नगरपालिकामा जनाता समाजवादी पार्टी (जसपा)ले सुरुवाती अग्रता लिएको छ ।

७०० मत गन्दा मेयरमा जसपाले २५५ मत पाएको छ । नेपाली कांग्रेसले १९१ मत, माओवादी केन्द्रले १६४ मत प्रप्त गर्दै नेकपा एमालेले ४४ मत मात्रै प्रप्त गरेको छ ।

उपमेयरमा कांग्रेसले १८८, माओवादी केन्द्रले १६९ र एमालेले ५६ मत पाएको छ ।

पालुङटार जसपाका संघीय अध्यक्ष बाबुराम भट्टराईको गृहनगर हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV