३१ बैशाख २०७९, शनिबार

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ ।

एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले ७ सय ७८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका विनोद चालिसेले ४ सय २८ मत पाएको छन् ।

उपमेयरमा पनि नेकपा एमालेलेनै अग्रता लिएको छ। एमालेका तर्फबाट अनिता लामाले ८ सय १२ मतसहित अग्रता बनाएकी छन् भने उनलाई कांग्रेसकी रमिला वाग्लेले ४ सय ५३ मतसहित पछ्याइरहेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV