३१ बैशाख २०७९, शनिबार

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकामा मत गणना जारी रहेको छ । निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार राति १ बजेदेखि मत गणना सुरु भएको हो ।

रावाबेँसीमा ९ हजार ६१८ मतदाता रहेकामा ५ हजार ७७१ मत खसेको निर्वाचन अधिकृत लालबहादुर कार्कीले बताए । रावाबेँसीमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा माओवादी केन्द्रबाट उपाध्यक्षमा लिलानारायण श्रेष्ठ, एमालेबाट अध्यक्षमा हरिकुमार पोखेल र उपाध्यक्षमा कौशिलाकुमारी गुरुङ, जसपाबाट अध्यक्षमा मोहनकुमार गुरुङ र उपाध्यक्षमा झुमा नेपाल चुनावी मैदानमा छन् ।

यस्तै, राप्रपाबाट अध्यक्षमा भक्तबहादुर गुरुङ र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षमा बिनोद राईको उम्मेद्वारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV