३१ बैशाख २०७९, शनिबार

मनाङ । मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षको छिनोफानो गोलाप्रथाबाट भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार बराबर मत आएपछि गोलाप्रथा हुँदा एमालेका कैले गुरुङ विजयी भएका छन् ।

निर्वाचनमा उनको र काँग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाको बराबर ३०–३० मत आएको थियो । त्यसपछि गोलाप्रथा हुँदा कैले गुरुङ विजयी भएका हुन् ।

गुरुङ यसअघि पनि सोही वडाका अध्यक्ष थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV