३० बैशाख २०७९, शुक्रबार

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको मतगणनाबारे छलफल गर्न बसेको सर्वदलीय बैठकले शनिबारबाट मात्रै मत गणना गर्ने निर्णय गरेको छ ।

भर्खरै सम्पन्न सर्वदलीय बैठकले शनिबार बिहान ७ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो । यस उपमहानगरपालिकाको मत गणना गर्न ४ वटा स्थान तय भएका छन् ।

हेटौँडाको वडा २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयकै चार स्थानबाट मतगणना गर्ने व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV