
रुपन्देही । जिल्लाको बुटवल उपमहानगरपालिकामा शुक्रबार रातिबाटै मतगणना हुने भएको छ। बुटवल निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसा मतगणना शुक्रबार राति १२ बजेबाटै हुने भएको हो ।
अहिले मतपेटिका ल्याउने काम सकिसकेको र अब सर्वदलीय बैठक बसेर १२ बजेबाटै मतगणना गरिने भएको हो ।
त्यसका लागि सम्पूर्ण तयरी भइसकेको बताइएको छ । बुटवल उपमहानगरको प्रमुखका लािग काँग्रेसका कांग्रेसका खेलराज पाण्डे र एमालेका बाबुराम भट्टराईबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
यहाँ जम्मा ९० हजार ४०४ मतदाता रहेका थिए । तर ६२ हजार १०१ मात्रै मत खसेको छ ।