
सर्लाही । जिल्लाको दुई गाउँपालिकामा प्रहरीले गोली चलाएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि कौडेना गाउँपालिका र चक्रघट्टा गाउँपालिकामा हवाइ फायर गरेको हो ।
मतपेटिका संकलन गरेर राखेको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका कार्यकर्ताहरुले ढुंगामुडा गरेपछि प्रहरीले कौडेना गाउँपालिकामा गोली चलाएको बताइएको छ ।
त्यस्तैगरी चक्रघट्टा गाउँपालिका – १ शिवनगरमा पनि मतपेटिका संकलनका क्रममा पार्टीका कार्यकर्ताहरुले विथोल्न खोजेपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायर गरेको हो ।