३० बैशाख २०७९, शुक्रबार

काठमाडौ । मनाङको चामे गाउँपालिकाम नेकपा एमलेले अग्रता बढाएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मत गणना भइरहेको मनाङको चामे गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले अग्रता कायम गरेको हो ।

हालको अवस्थामा २ वटा वडाको मत गणना भइसकेको छ । जसमा अध्यक्षका उम्मेदवार लोकेन्द्रबहादुर घलेले १५२ र उपाध्यक्ष उम्मेदवार आशाकुमारी गुरुङले १५४ मत प्राप्त गरेका छन् ।

५ वटा वडा रहेको चामेमा अब ३ वटा वडाको मत गन्न बाँकी छ । उता काँग्रेसका उम्मेदवार छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्ष उम्मेदवार मिङमार ढोमा लामाले १२९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV