३० बैशाख २०७९, शुक्रबार

रौतहट । रौतहटको यमुनामाई गाउँपालिका–२, भिडियाही मत केन्द्रमा शुक्रबार स्थानीय तह निर्वाचनको मतदान सकिएपछि लुटिएको मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्याएको छ ।

मतदान सकिएपछि विवाद चुलिएको क्रममा स्थानीयले मतपेटिका काँधमा राखेर भागेको बताइएको छ । मतपेटिका बोेकेर स्थानीय दगुरेको सूचना पाइएलगत्तै सुरक्षाकर्मी उनीहरुको पछि लागेर मतपेटिका फिर्ता ल्याएको हो ।

विवादकै शिलशिलामा मतपेटिका लुटिएको भनिए पनि फितलो सुरक्षा व्यवस्थाका कारण सुरक्षाकर्मीको आँखा अगाडिबाटै मतपेटिका लुटिएको भन्ने छ ।

बिहान ७ बजेदेखि उत्साहपूर्वक मतदान भएर ५ बजे मतदान समय सकिएको थियो । तर मतदान सकिएपछि एकाएक मतपेटिका लुटिएको विषयमा रौतहटका एसपी विनोद घिमिरेलाई स्पष्टीकरण सोधिएको जानकारी आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV