३० बैशाख २०७९, शुक्रबार

एजेन्सी । भारतको जम्मू–कश्मीरमा बसमा अचानक आगलागी हुँदा चार यात्रुको मृत्यु भएको छ । शुक्रबार कदममल कटराको शनी मन्दिर नजिक गुडिरहेको बसमा अचानक आगलागी हुँदा दुर्घटना भएको हो ।

उक्त आगलागीमा परी कम्तीमा चार यात्रुहरु जिउँदै जलेका छन् भने २२ यात्रु घाइते भएका बताइएको छ । बस कटराबाट जम्मू आउँदै गरेको बताइएको छ ।

प्रहरीका अनुसार बसको इन्जिनमा आगो लागेको थियो । उक्त आगो तीब्र रुपमा फैलिएको कारण सबै यात्रुले भाग्ने समय नपाएको बताइएको छ ।

उक्त दुर्घटनामा घाइते सबैलाई अस्पताल लगिएको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV