
काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानको निर्धारित समय सकिएको छ । बिहान ७ बजेदेखि देशभरका ७५३ वटै पालिकामा सुरु भएको मतदान ५ बजे सकिएको हो।
निर्वाचन आयोगका अनुसार ५ बजेभन्दा अगाडि मतदान स्थलमा उपस्थित भई मत हाल्न लाममा बसेकाहरुले भने मतदान गर्न समय पाउनेछन् । तर ५ बजेभन्दा पछि मतदान गर्न आउनेहरुले भने मतदान गर्न पाउने छैनन् र
शुक्रबार मतदानका क्रममा देशका विभिन्न ठाउँमा विवादसँगै झडप भए पनि शान्तिपूर्वक मतदान भएको आयोगले जनाएको छ ।
उपत्यकामा ६ बजेदेखि यातायात सञ्चाल
स्थानीय निर्वाचनको मतदान सकिएसँगै काठमाडौं उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार साँझ ६ बजेदेखि निजी र सार्वजनिक यातायातका साधन सञ्चालन हुनेछ ।