३० बैशाख २०७९, शुक्रबार

सोलुखुम्बु । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्षका उम्मेदवार असिम राईले मतदान गरेका छन् । नेकपा (माओवादी केन्द्र) सोलुखुम्बुका अध्यक्षसमेत रहेका राईले थुलुङ गाउँपालिका–३ स्थित पञ्चन मतदान केन्द्रबाट मतदान दिएका हुन् ।

मतदानपछि सञ्चारकर्मीहरुसँग बोल्दै निवर्तमान अध्यक्षसमेत रहेका राईले थुलुङ दूधकोशीमा माओवादी केन्द्रले सबै सिटमा जित हासिल गर्ने प्रतिकृया दिएका छन् । त्यस्तै उनले आफ्नो स्वविवेक प्रयोग गरेर शान्तिपूर्ण ढंगमा निर्वाचनमा सहभागी हुन सबै जनतालाई अपील पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV