३० बैशाख २०७९, शुक्रबार

काठमाडौं । जुम्लामा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताबीच झडप भएको छ । जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्याङ्कोटस्थित शंकर बहुउद्देश्यीय माविमा रहेको मतदान केन्द्रमा कांग्रेस र नेकपा (एस)का कार्यकर्ताबीच झडप भएको हो ।

उक्त झडपका क्रममा सहायक मतदान अधिकृत रवि भण्डारी घाइते भएका छन् । उनको घुँडामा चोट लागेको छ । जानकारी अनुसार मतदाताले मतदाता परिचयपत्र च्यात्न खोजेपछि विवाद भएको हो ।

उक्त झडपपछि अहिले मतदान कार्य रोकिएको छ । निर्वाचन अधिकृत मतदान स्थलमा पुगेपछि सर्वदलीय छलफल गरेर पुनः मतदान कार्य सुरु हुने बताइएको छ । सो मतदान केन्द्रमा एक हजार ७ जना मतदाता रहेका छन् । जसमध्ये हालसम्म ३१२ मत मात्रै खसेको जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV