३० बैशाख २०७९, शुक्रबार

काठमाडौँ । संस्कृतिविद् एवं साहित्य साधक शताब्दी पुरुष सत्यमोहन जोशीको आज १०३औँ जन्मदिन हो । जन्मदिनमा कुनै औपचारिक समारोह नरहेको र परिवारिक सदस्यहरुबीच सामान्य हिसाबले मनाइने परिवारका सदस्यले जानकारी दिएका छन ।

आज स्थानीय तहको निर्वाचनको मतदान भइरहेको छ । तर जोशीले भने मतदान नगर्ने बताइएको छ । उनको स्वास्थ्यमा केही दिनदेखि समस्या देखिएकाले समेत मतदान गर्न जान असमर्थ रहेको पारिवारिक स्रोतले जनाएको छ । उनको श्वासप्रश्वासमा समस्या आएपछि बेलाबेला अक्सिजन दिनुपरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV