३० बैशाख २०७९, शुक्रबार

धनकुटा । गठबन्धन र नेकपा एमालेका प्रतिनिधिबीच विवाद भएपछि सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी मावि र वडा कार्यालयको मतदानस्थलका तीन वटै केन्द्रको मतदान रोकिएको छ ।

मतदान प्रक्रियाको विषयमा दुवै पक्षवीच भएको विवादले केही समयको लागि मतदान कार्य स्थगित गरिएको मतदान केन्द्रका मतदान अधिकृत गणेश एडीले बताए ।

एडीका अनुसार भित्र मतदान कार्य शान्तिपूर्ण वातावरणमा जारी रहेपनि बाहिर होहल्ला र हुलदंगा भएपछि मतदान स्थगित भएको हो । मतदान स्थगित हुनुभन्दा अघिसम्म तीन वटै केन्द्रमा २० प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV