३० बैशाख २०७९, शुक्रबार

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि दुर्व्यवहार भएको छ। रौतहटको गौर नगरपालिका १ स्थित रामजानकी कन्या विद्यालयमा मतदान गर्न पुग्ने क्रममा मतदाताले दुर्व्यवहार गरेका हुन् ।

नेपाललाई चोर भन्दै मतदाताले नारा लगाएपछि हुलदंगा मच्चिएको थियो । नेपालले मतदान गरेर बाहिर निस्कने क्रममा मतदाताले नारा जुलुस गर्दै अवरोध गरेका थिए । नेपाललाई एमाले नेता कार्यकर्ताले नारा जुलुस गर्दै दुर्व्यवहार गरेको हुन सक्ने आकलन गरिएको छ ।

नेपालले आफ्नो पार्टीको उम्मेदवारलाई मत दिलाउन बुथ–बुथ चहार्दै हिँडेको अन्य दलका कार्यकर्ताले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV