
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मतपेटिका तोडफोड भएको छ । हरिरावा मतदान केन्द्रमा मतपेटिका तोडफोड भएको हो ।
एक वृद्धाले आफूले भनेको भन्दा फरक चिह्नमा कर्मचारीले छाप लगाइदिएको आरोप लगाएपछि विवादले अग्ररुप लिएपछि मतपेटिका तोडफोड भएको हो ।
मतपेटिका नै तोडफोड भएपछि मतदान रोकिएको सप्तरीका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताए ।
यसअघि काभ्रेको चौंरीदेउराली गाउँपालिका–६ स्थित एक मतदान केन्द्रमा मतपेटीका तोडफोड भएको छ ।