३० बैशाख २०७९, शुक्रबार

सुनसरी । जिल्लाको भोक्राहानरसिंह गाउँपालिका वडा नं २ मा रहेको मतदानस्थलमा अचानक प्रहरीको हतियार पड्किएको छ । श्री आधारभूत विद्यालयमा रहेको मतदान स्थलमा सुरक्षामा खटिएका प्रहरी जवान विशेष याक्खाले बोकेको राइफल पड्किएको हो ।

सुरक्षामा खटिएका बेला अचानक उनको इन्सास राइफल पड्किएपछि लाइनमा रहेका मतदाता भागेका थिए । स्थानीयमा होहल्ला चल्नुका साथै मतदाताहरु बीच भागदौड भएको बताइएको छ ।

राइफल के कारण कसरी पड्कियो भन्ने खुल्न सकेको छैन, तर पनि घटनामा कुनै क्षति नभएको सुनसरी प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV