३० बैशाख २०७९, शुक्रबार

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१० बालमन्दिरस्थित मतदान केन्द्र बाहिर मतदातालाई वितरण गर्न राखिएको दुई बोरा छाता प्रहरीले बरामद गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा)को चुनाव चिह्न छाता हो । मतदान गर्न आएका मतदातालाई छाता दिँदै भोट मागेपछि अन्य पार्टीका उम्मेदवारले विरोध गरेका थिए ।

प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय विर्ताको टोलीले जसपाको बुथ कमिटीबाट दुई बोरा छाता नियन्त्रणमा लिएको हो ।

यसैगरी, वडा नम्बर ८ मा समेत छाता वितरण गर्दा दुई पक्षबीच विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV