३० बैशाख २०७९, शुक्रबार

काठमाडौँ । आज मुलुकभर भइरहेको स्थानीय तह निर्वाचनमा मध्याह्नसम्म ३५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार कुलुकका ७५३ वटै स्थानीय तहमा उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ ।

आयोगका अनुसार १२ बजेसम्म करिब ३५ प्रतिशत मतदान भइसकेको छ । अधिकांश स्थानमा शान्तिपूर्ण मतदान नै भइरहेको तर केही स्थानमा छिटफुट घटनाहरुका कारण मतदान प्रभावित पनि भइरहेको आयोगको भनाइ छ ।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदान स्थलमा सामान्य विवाद र झडपका कारण मतदान कार्य अवरुद्ध भएको हाे ।

तनाव उत्पन्न भएका विभिन्न स्थानमा मतदान अवरुद्ध भए पनि सुचारु गर्दै शान्तिपूर्ण बनाउने प्रयास जारी रहेको उनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV