३० बैशाख २०७९, शुक्रबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । उनले भक्तपुर नगरपालिका-२ बालकोटस्थित महेन्द्र शान्ति माविबाट मतदान गरेका हुन् ।

झापा-५ बाट प्रतिनिधिसभामा निर्वाचित् पूर्वप्रधानमन्त्री ओली तेह्रथुमको इवामा जन्मिएका हुन् । उनी २०२० सालमा झापा बसाइँ सरेका थिए । अहिले भक्तपुरको बालकोटमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV