३० बैशाख २०७९, शुक्रबार

काठमाडौँ । स्याङ्जामा मतदाता ओसारिरहेको जीप दुर्घटनाग्रस्त भएको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १४ अर्खलाबासमा उक्त जीप खसेको हो ।

स्थानीय निर्वाचनका लागि मतदाता ओसार्ने क्रममा जीप सडकबाट तल खसेको बताइएको छ । तर मानवीय या अन्य क्षतिको विवरण भने आइसकेको छैन । थप विवरण अाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV