३० बैशाख २०७९, शुक्रबार

गोरखा । झडपपछि एक घण्टा स्थगित भएको गण्डकी गाउँपालिका-७, घ्याल्चोकको ज्ञानमार्ग मावि ‘ख’ मतदान केन्द्रमा पुनः मतदान सुरु भएको छ । मतदान केन्द्रमा हुलहुज्जत भएपछि सुरक्षाकर्मीले एक राउण्ड हवाइ फायर गरेको हो ।

हुलहुज्जत गर्दै भीड मतदान स्थलको डोरी चुँडाएर मतपेटिका नजिक पुग्न खोजेसँगै सुरक्षाकर्मीले एक राउण्ड हवाइ फायर गरेर स्थीति नियन्त्रणमा लिएको गण्डकी गाउँपालिकामा खटिएका प्रहरी निरिक्षक ज्ञानेन्द्र श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV