३० बैशाख २०७९, शुक्रबार

बाँके । कोहलपुर नगरपालिकाको कौशिल्यानगरमा रहेको मतदान केन्द्रमा माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ ।

मतदानपूर्व गएराति दुवै पक्षबीच झडप भएपछि खुकुरी हानाहान भएको हो । खुकुरी लागेर दुवै पक्षका एक–एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा वाईसीएलका नेता राजु शाही र एमाले कार्यकर्ता विजय थापा रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार दुवैको शिक्षण अस्पताल कोहलपुरमै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV