३० बैशाख २०७९, शुक्रबार

ओखलढुंगा । ओखलढुंगामा काँग्रेस र एमाले पक्षका मतदाताहरुबीच लाइनमै झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगालले दिएको जानकारी अनुसार जिल्लाको चम्पादेवीमा मतदान केन्द्रमा झडप भएको हो ।

मतदान आएका काँग्रेस र एमाले समर्थक मतदाताहरु मतदान गर्न बसेकै लाइनमा झडप भएको हो ।

झडपका क्रममा वडाध्यक्षको उम्मेदवार घाइते भएको प्रहरीले जनाएको छ ।

‘चम्पादेवी गाउँपालिका वडा नम्बर ९ स्थित जीवनज्योती मतदान केन्द्रमा काँग्रेस र एमाले समर्थक मतदाताबीच लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएको भएको छ । जसक्रममा वडाध्यक्षका काँग्रेसको तर्फबाट उम्मेदवार रहेका सुजन पौडेल घाइते भएका छन्,’ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनायो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड गोली चलाएको समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV